PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

जोनी डेपलाई अनमोल केसीको ‘ट्रिब्युट’



पहिलोपोस्ट

जोनी डेपलाई अनमोल केसीको ‘ट्रिब्युट’

हलिउड अभिनेता जोनी डेपले पूर्व पत्नी अभिनेत्री एम्बर हर्डमाथि लगाएको मानहानि मुद्दाले केही समय विश्वकै ध्यान आकर्षित गर्‍यो। मुद्दामा डेपले एम्बरविरुद्धको मानहानि जिते। यी दुवैजनाको सम्बन्ध निकै ‘टक्सिक’ रहेको यो मुद्दाले प्रमाणित गर्‍यो।

उनले एम्बरले आफूमाथि एक ओपेडबाट लगाएको आरोपका कारण धेरै काम गुमाउनु परेको बताएका थिए। यद्यपि, एम्बरले उक्त ओपेडमा जोनीको नाम खुलाएकी थिएनन्। निकै लामो समयसम्म चलेको सुनुवाइमा जित हासिल गरेपछि अहिले जोनी डेप आफ्नो काममा फर्किएका छन्। जोनीका समर्थकहरुले फैसलामा खुशी व्यक्त गरिरहेका छन्।

अभिनेता अनमोल केसी पनि उक्त फैसलाबाट खुशी भएको देखिन्छ। इन्स्टाग्राम अकाउन्टमा उनले एलिस इन द वन्ड्ल्यान्डमा जोनीले अभिनय गरेको क्यारेक्टर लुकमा फोटो सेसन गरेको तस्विर राखेका छन्।

एक हप्ता अघि उनले आफ्नो अकाउन्टमा राखेको उक्त तस्विर अहिले चर्चामा छ।

 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Anmol KC (@anmolkc_official)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell