PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

जाजरकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, घाइतेको हलिकप्टरबाट उद्धार गरिने



पहिलोपोस्ट

जाजरकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, घाइतेको हलिकप्टरबाट उद्धार गरिने

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्बर ५ मा भएको यात्रुबाहक बोलेरो जीप दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टरबाट उद्धार गरी तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

सर्खेतबाट जाजरकोट जाँदै गरेको क ०२-००१ च ०३४१ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो। ५ जना गम्भीर घाइते भएको र चार जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ।

गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति शुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई घाइतेको हेलिकोप्टरमार्फत तत्काद उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

जाजरकोटका प्रजिअ शाहीले गृहमन्त्री खाणको निर्देशनपछि नेपाली सेनाको सुर्खेत कार्यालयसँग हेलिकोप्टरका लागि समन्वय भइ कालिकोटमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थल नजिक पुग्दै गरेको जानकारी दिए। गृह मन्त्रालयका प्रवक्ता पोखरेलले मन्त्री खाणको निर्देशनपछि उद्धारका लागि हेलिकोप्टर व्यवस्था गरेर घटनास्थलतर्फ पठाइएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell