PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आयो



पहिलोपोस्ट

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आयो

काठमाडौं : चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको बाटो पुनः सञ्चालनमा आएको छ।

शुक्रवार बिहान पौने ९ बजे सुख्खा पहिरो खस्दा बाटो दुईतर्फी रुपमा अवरुद्ध भएको थियो। आज बिहान सवा ११ बजेदेखि अवरोध हटाएर बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीले जानकारी दिए।

नाम्सीपुल छेवैमा सुख्खा पहिरो खसी दुईतर्फी बाटो बन्द भएकोले सवारी साधन तथा यात्रुहरु सुरक्षित स्थानमा रहन ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell