PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

ब्रिट्नीले गरिन् प्रेमी साम असघारीसँग बिहे



पहिलोपोस्ट

ब्रिट्नीले गरिन् प्रेमी साम असघारीसँग बिहे

गायिका ब्रिट्नी स्पियर्सले विवाह गरेकी छिन्। उनले प्रेमी साम असघारीसँग बिहीवार लस एन्जलसमा बिहे गरेकी हुन्।

ब्रिट्नी र साम ६ वर्षदेखि प्रेम सम्बन्धमा थिए। बुवा संरक्षकबाट हटेसँगै गत वर्ष इन्गेजमेन्ट गरेकी ब्रिट्नी लगभग एक वर्षपछि वैवाहिक बन्धनमा बाँधिएकी हुन्।

४० वर्षीया ब्रिट्नीको यो पहिलो बिहे भने होइन। उनले पहिलो पटक र्‍यापर केभिन फेडरलिनसँग बिहे गरेकी थिइन्। उनीहरुका दुई सन्तान समेत छन्। पछि दुवैको सम्बन्धविच्छेद भएको थियो।

त्यसपछि ब्रिट्नीले अमेरिकन कमेडियन जेसन अलेक्जेन्डरसँग बिहे गरिन्। तर, उनीहरुको बिहे ५५ घण्टा समेत टिक्न सकेन। त्यसपछि सन् २०१६ मा उनी साम असघारीसँग नजकिएकी थिइन्।

ब्रिट्नी करिब १३ वर्षदेखि बुवा जेमी पी स्पियर्सको संरक्षणमा बस्दै आएकी थिइन्। गत जुन २३ मा अदालतमा निवेदकको तर्फबाट बयान दिँदै उनले आफूलाई तत्काल बुवाको संरक्षणबाट मुक्त गर्न आग्रह गरेकी थिइन्। विवाद लम्बिँदै गएपछि एक महिनाअघि मात्रै बुवा संरक्षकबाट हट्न सहमत भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell