PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

सांसद प्रेम सुवालको आरोप : गृह मन्त्रालयका हाकिमका श्रीमती र आफन्तहरू मिटर ब्याज कारोबारमा संलग्न छन्



पहिलोपोस्ट

सांसद प्रेम सुवालको आरोप : गृह मन्त्रालयका हाकिमका श्रीमती र आफन्तहरू मिटर ब्याज कारोबारमा संलग्न छन्

काठमाडौं : सांसद प्रेम सुवालले गृह मन्त्रालयका हाकिमका श्रीमती र आफन्तहरू नै मिटर ब्याज कारोबारमा संलग्न भएको आरोप लगाएका छन्।

आज प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/०८० को बजेटअन्तर्गत संशोधन प्रस्तुत गर्दै सरकारले मिटर ब्याज नियन्त्रण गर्ने भने पनि गृह मन्त्रालयका हाकिमका श्रीमतीदेखि नातागोता समेत मिटर ब्याजको कारोबारमा संलग्न रहेको बताएका हुन्।

सांसद सुवालले भने, 'गृह प्रशासनका हाकिमका श्रीमती, आफन्त र सल्लाहकार मिटर ब्याजमा संलग्न भएको र नक्कली सुराकी बनाएर कमिसन लिइरहेको कतिपय पदाधिकारीहरुले नै स्वकिय सचिव भान्छे राखेर रकम गोजीमा राखेको समाचार छ।'

यस्ता गलत काम त कानुन हातमा लिन सक्नेहरूले गरेको देखियो सांसद सुवालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell