PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

पर्सा जिससका लागि मतदान सकियो, सोनार र चौरसियामा कसले मार्ला बाजी?



पहिलोपोस्ट

पर्सा जिससका लागि मतदान सकियो, सोनार र चौरसियामा कसले मार्ला बाजी?

वीरगंज : जिल्ला समन्वय समिति पर्साको पदाधिकारीको लागि मतदान सम्पन्न भएको छ। वीरगंज पावर हाउस नजिक जिल्ला समन्वय समिति पर्साको सभाहल परिसरमा सम्पन्न मतदानको मुचुल्का उठाएर चाँडै मतगणना गर्ने तयारी भइरहेको पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पाौडेलले जानकारी दिए।

चुनावमा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धन बनेको छ। नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को अर्को प्यानल बनेको छ। 

जिससको जसपा-एमाले प्यानलबाट सभापतिमा अजय सर्राफ भनिने निरञ्जन सा सोनार(जसपा),उपसभापतिमा पुरनप्रसाद कुर्मी(एमाले),सदस्यमा जसपाबाट वैयन्ती देवी,राजपति देवी,विनयप्रसाद कुर्मी,एमालेबाट सदस्यमा श्रीकान्ती देवी,सुशिला कामी,रामप्रसाद यादव,सलिम मिया अन्सारीले प्रतिस्पर्धामा छन्।  कांग्रेस-लोसपाबाट सभापतिमा सरोज चौरसिया,उपसभापतिमा कुमारी सोनी,सदस्यहरुमा सन्दिप प्रसाद साह,मनोज रौनियार,महमुद राय,वसन्ती थरुनी,सीतादेवी थरुनी,भगवतीदेवी धिताल,प्रेम मुखिया विनको उम्मेदवारी छ।

एक महानगर,तीन नगरपालिका र १० गाउपालिका गरि कुल १४ वटा पालिका रहेको पर्साको जिससको चुनावमा प्रमुख,उपप्रमुख गरि कुल २८ जना मतदाता रहेका छन्। पर्साको १४ पालिकामा कांग्रेसबाट १२,एमालेबाट १०,जसपाबाट ५ र लोसपाबाट १ गरि कुल २८ प्रमुख-उपप्रमुख निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell