PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

गाँजाको 'वन्डरल्यान्ड' बन्दै थाइल्यान्ड



पहिलोपोस्ट

गाँजाको 'वन्डरल्यान्ड' बन्दै थाइल्यान्ड
Photo: Sakchai Lalit/AP

थाइल्यान्डले बिहीवारदेखि कानुनी रुपमा गाँजा खेती गर्न र त्यसको उपयोग गर्न खुला गरेको छ। थाई जनस्वास्थ्य मन्त्रीले आजदेखि १० लाख गाँजाको बिरुवा वितरण गर्ने घोषणा गरेका छन्। योसँगै थाइल्यान्ड अब गाँजाको लागि ‘वन्डरल्याण्ड’मा परिणत हुने धारणा सुनिएका छन्।

केही थाई अभियान्ताहरूले बिहीवार बिहान विभिन्न क्याफेहरुबाट गाँजा किन्दै उत्सव मनाएका थिए। ती क्याफेहरुमा पहिले मानिसहरूलाई नलाग्ने गरी गाँजाका भागहरूबाट बनेका उत्पादनहरू मात्रै बेच्न सीमित गरिएको थियो। हाइल्याण्ड क्याफेमा आएका दर्जनौँ व्यक्तिहरूले सुगरकेन, बबलगम, पर्पल अफगानी र यूएफओ जस्ता नाम भएका विभिन्न प्रकारका गाँजाहरू छनौट गरेर किनेका थिए।

यद्यपि, थाइल्यान्ड चिकित्सा अथवा स्वास्थ्यको उद्देश्यका लागि मात्रै गाँजा खुला गरिएको हो। त्यसैले पनि हालका लागि गाँजाप्रेमी पर्यटकहरूले थाइल्यान्ड सावधानी अपनाउनु पर्ने आवश्यकता कायमै छ।

चिकित्सा प्रयोगको लागि मात्र गाँजालाई खुला गरिएको थाइल्यान्ड सरकारले बताएको छ। सार्वजनिक रूपमा रमाइलोको लागि गाँजा सेवन अझै पनि गैरकानुनी मानिने बताइएको छ। यसो गरेको पाइएमा ३ महिनाको जेल सजाय तथा २५ हजार थाई भाट (करिब ९० हजार रुपैयाँ) जरिवाना हुन सक्ने भन्दै सरकारले चेतावनी दिएको छ।

थाइल्यान्डमा अझैपनि गाँजाबाट निकालिने तेल लगायतका ०.२ प्रतिशत भन्दा बढी टेट्राहाइड्रोक्यानाबिनोल (टीएचसी) भएका पदार्थमा भने बन्देज नै लगाइएको छ। यही पदार्थका कारण गाँजा सेवनपछि मानिसहरुमा नसा चढ्नेगर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell