PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

संसदमा डाँचारामको मृत्युबारे छानबिन गर्न माग, प्रधानमन्त्रीको निर्देशन : मिटरब्याजीलाई पक्राउ गरी अनुसन्धान गर्नू



पहिलोपोस्ट

संसदमा डाँचारामको मृत्युबारे छानबिन गर्न माग, प्रधानमन्त्रीको निर्देशन : मिटरब्याजीलाई पक्राउ गरी अनुसन्धान गर्नू

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सांसद गिरिराजमणि पोखरेलले सर्लाहीका डाँचाराम वाग्लेको मृत्युका सम्बन्धमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्। बैठकको विशेष समयमा उनले डाँचारामको मृत्यका सम्बन्धमा सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को अनुसन्धान औपचारिकतामौ सीमित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

'मिटरब्याजविरुद्धको आन्दोलनमा सर्लाहीका डाँचाराम प्रतिगमन आन्दोलनविरुद्ध उहाँको रहस्यमय तरिकाले मृत्यु भयो', पोखरेलले भने, 'सरकारले सीआइबीमार्फत अनुसन्धानसमेत गर्‍यो तर अपौचारिकता मात्र टुङ्ग्याउने हिसाबले अनुसन्धान गरेको छ।'

यता, प्रधानमन्त्री शेरबहादुर देउवाले वाग्ले मृत्यु प्रकरणको छानबिन अघि बढाउन गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएका छन्। हत्या आरोपी मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन देउवाले निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell