PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

आफू र आमालाई दुर्व्यवहार गर्नेलाई कारवाही गर्न सांसद चौधरीको माग



पहिलोपोस्ट

आफू र आमालाई दुर्व्यवहार गर्नेलाई कारवाही गर्न सांसद चौधरीको माग

काठमाडौं : सांसद चन्दा चौधरीले स्थानीय तहको निर्वाचनका समयमा आफूमाथि दुर्व्यवहार भएको बताएकी छिन्। प्रतिनिधिसभामा उनले करिव १०० जना आएर आफूलाई दुर्व्यवहार भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्। 

'गत वैशाख २७ गते ममाथि दुर्व्यवहार भयो, करिव १०० जना मेरो घरमा आएर आमालाई गालीगलौज गर्ने काम गरे', उनले भने, 'त्यसको छोरीलाई छोड्न हुन्न, हातहतियार तयार गरौँ भनेर निर्दोष आमालाई तर्साउने काम गरियो।'
 
त्यसबेला आफूलाई ४० मिनेटसम्म सुरक्षा दिएर लुकाइएको उनले बताएकी छिन्। उनले हमला गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेकी छिन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell