PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

संकटमा सपेरा : स्टुडियो थिएटरमा यसरी मञ्चन हुँदैछ उनीहरुको कथा

संकटमा सपेरा : स्टुडियो थिएटरमा यसरी मञ्चन हुँदैछ उनीहरुको कथा

प्रवीण रानाभाट/पहिलोपोस्ट


बिन बजेको आवाज सुनिन्छ। अनि नेपथ्यबाट निस्कन्छन् सपेराहरु। बिनको धुनमा मस्तसँग नाँच्न थाल्छन् उनीहरु। अनि एक महिला बोल्न थाल्छिन्, ‘यो जयपुन गाउँको कथा हो। सपेराहरूको गाउँ जयपुन गाउँ। खोलादेखि अलि पर ठूलो जङ्गलमा रहेको यो सानो गाउँ। हर बिहान बिनको आवाजसँगै बिउँझन्छ अनि र हर रात साँपहरूको नृत्यमा मन्त्रमुत्त भएर निदाउँन्छ।’

जयपुन गाउँको मुख्य पेशा हो : सर्प नचाउनु। तर समय फेरिदैँछ। बजार बढ्दै छ, साना घरहरू ठूला हुँदैछन्। जसको हलचल जयपुन गाउँमा पनि सुरू भएको छ। हलचलबिच स्थिरता खोजिरहने सपेरा जातीको कथा भन्छन् नाटक 'कथा कस्तूरी’ले।

‘कथा कस्तुरी’ आजबाट गौशालास्थित पिङ्गलास्थानमा रहेको ‘सत्यमोहन जोशी स्टुडियो थिएटर’ मा मञ्चन हुँदैछ। दिया मास्केको निर्देशन रहेको नाटक यो नाटक नयनराज पाण्डेको कथा ‘सर्पदंश’को नाट्य रुपान्तरण हो।

यस नाटक मधेशको एक गरिब गाउँको सपेरा जातीको कथा भन्छ। परापुर्वकालदेखि नै सपेराको काम गरेर पेट पालिरहेका उनीहरूको पेशामाथिको राजनीतिक हस्तक्षेप, शोषण र पेशा जोगाउन उनीहरूले गर्नुपरेको संघर्षको कथा नाटकमा देखाइएको छ। नाटकले सपेराहरूको कथामार्फत राजनीतिक प्रणाली र सामाजिक यथार्थमाथि तिखो प्रहार समेत गरेको छ। 

‘एक्टर्स फ्रम एक्टर्स स्टुडियो’ को प्रस्तुतिमा तयार पारिएको नाटकमा प्रभाव शाही ठकुरी, सन्देश बम,  राजन पुरी, सन्तोषवीरसिंह बस्नेत,  जीवन गौतम, प्रेमप्रकाश केसी, आयुष्मा मगर, सृष्टि भट्टराई, यज्ञ राजवर, विशाल पुलामी, शिवदास गुरुङ र विकास खड्कालगायत कलाकारहरूको अभिनय रहेको छ।

हिजो उद्घाटन गरिएको थिएटर नेपाल फिल्म क्याम्पस र एक्टर्स स्टुडियोको संयुक्त सहकार्यमा सञ्चालन गरिएको हो। यो नाटक असार १९ गतेसम्म बुधबारबाहेक मञ्चन हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell