13.jpg)
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं फोहोर थेग्न नसक्ने अवस्थामा पुगेको भन्दै व्यवस्थापनमा जोड दिएका छन्। शुक्रवार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल साइट बञ्चरे डाँडा र सरोकारवाला निकायहरुबिचको छलफलमा थापाले फोहोर विसर्जन हुन नसक्दा जनस्वास्थ्यमा असर पर्न थालेको बताएका हुन्।
उनले विगतमा गरिएका गल्ती नदोहोर्याउने प्रतिवद्धता गर्दै स्थानीयहरुले अहिलेको सरकारसँग र समस्या समाधान गर्न बनेको संयन्त्रसँग विश्वास गर्न आग्रह गरेका थिए। थापाले जग्गा अधिग्रहण गर्ने सबैभन्दा महत्वपूर्ण भएकोले प्रधानमन्त्रीलाई यसबारेमा सबैले अनुरोध गर्नुपर्नेमा जोड दिएका थिए।
‘यो जग्गा अधिग्रहणको सम्बन्धमा बजेट छुट्याउने कुरा सबैभन्दा महत्वपूर्ण हो। सम्माननीय प्रधानमन्त्रीज्यूलाई हाम्रोतर्फबाट आग्रह गरेर गर्न सकिन्छ। नेपाल सरकारसँग भएकै पैसाबाट मजाले काम गर्न सकिन्छ। बजेट छुट्याउँदै गर्दा हामीले ल्याण्डफिल साइटको जग्गा अधिग्रहणको लागि भनेर छुट्याऔँ। १७० पटक सम्झौता भएको छ, तपाईहरुलाई हामी देख्नासाथ रिस उठ्छ पनि होला। यो हामीबाट नै भएको गल्ती हो। तर म एकपटक सबैलाई अब सहमति गर्नु नपर्ने गरिकन काम गरौँ। अनुगमन समिति बनाएर काम गर्छौं। हामीलाई विश्वास गर्नुहोस्। तर काठमाडौं अब फोहोर थेग्ने अवस्थामा छैन। जनस्वास्थ्यको हिसावले पनि अत्यन्त बिजोक भएको अवस्था छ। अब हामी त्यो गल्ती दोहोर्याउँदैनौं।’