PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

पटके सम्झौताले फोहोरको समस्या समाधान हुँदैन : जीवनराम श्रेष्ठ



पहिलोपोस्ट

पटके सम्झौताले फोहोरको समस्या समाधान हुँदैन : जीवनराम श्रेष्ठ

काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिएका छन्। शुक्रवार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल साइड बञ्चरेडाँडा र सरकारवाला निकायहरुबिचको छलफलमा उनले अहिले फोहोरका कारण काठमाडौं बस्न नसक्ने अवस्थामा रहेको भन्दै यसको तत्काल समस्या समाधान गर्नुपर्ने बताएका हुन्। 

श्रेष्ठले फोहोर व्यवस्थापनको स्थायी समाधान खोजेर ल्याण्डफिल साइटका बासिन्दाहरुलाई पनि न्याय र सफा वातावरणमा बस्नेकुराको सुनिश्चितता गरिनुपर्ने बताए। काठमाडौंको फोहोरको समस्या राष्ट्रिय समस्याका रुपमा आइसकेकोले सबै गम्भीर र सचेत हुन आवश्यक रहेको उनको मत थियो।

‘अहिले काठमाडौंमा हेर्नै, बस्नै नसकिने स्थिति छ। काठमाडौंको जनस्वास्थ्यको कुरा गरिरहँदा ल्याण्डफिल साइटको वरपर बस्ने स्थानीय जनसमुदायहरु हुनुहुन्छ तपाईंहरुले भोग्नुभएको समस्या पनि कम छैन। यसको स्थायी समाधान नखोजिकन हुँदैन। सधैँ पटके ढंगबाट समाधान गर्ने र फेरि दोहोरिने कुराले अब हामी अघि बढ्न सक्दैनौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell