PahiloPost

Sep 19, 2024 | ३ असोज २०८१

फोहोर व्यवस्थापन गर्न मेसिन नै चाहिन्छ, नत्र गाडी रोकिन्छ : रामवीर मानन्धर



पहिलोपोस्ट

फोहोर व्यवस्थापन गर्न मेसिन नै चाहिन्छ, नत्र गाडी रोकिन्छ : रामवीर मानन्धर

काठमाडौं : नेकपा एमालेका नेता रामवीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापनमा मेसिनको प्रयोग नगरी समाधान ननिसकने बताएका छन्। शुक्रवार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल साइट बञ्चरेडाँडा र सरकारवाला निकायहरुबिचको छलफलमा उनले सरकारले मेसिन खरिद गरेर फोहोर व्यवस्थापन गर्न पर्ने बताएका हुन्। मेसिन खरिद नगरी काठमाडौंको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्न नदिने उनले बताए। 

सरकारले मेसिन खरिद गर्ने निर्णय गरेपछि मात्रै फोहोर विसर्जन गर्न दिने र फोहोर विसर्जन गर्न मेसिन खरिद बाहेक अर्को विकल्प नरहेको बताएका हुन्।

‘सरकारले मेसिन खरिद गर्नुपर्छ। सरकारले निर्णय गर्छ मेसिन खरिदको भने फोहोर फाल्न दिइन्छ, होइन भने अर्को विकल्प छैन। मेसिन किनेपछि स्थानीयको गुनासोको कुरा गरौँला। फोहोरको गन्ध सबैभन्दा धेरै मलाई आउँछ। घरछेउमा जहिल्यै फोहोरका ट्रक राखेको हुन्छ। मेरो घरबाट सुरु गरे के होला सरकारले ? त्यसकरण मेसिन ल्याउनुस्, मेसिनको लागि निर्णय गर्नुस्, एकल निर्णय गर्नुस्। मेसिन नै समस्याको सबैभन्दा उत्कृष्ट विकल्प हो। होइन भने त्यो ठाउँमा कुनैपनि हालतमा १६ वडाबाट जाने हो। सुरु मेरो घरबाट हो। त्यहीँबाट रोकिन्छ फोहोर चाहीँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell