PahiloPost

Jul 3, 2024 | २० असार २०८१

मन्त्री हेरफेरको निर्णय कार्यान्वयन गर्नुको विकल्प छैन : झलनाथ खनाल



पहिलोपोस्ट

मन्त्री हेरफेरको निर्णय कार्यान्वयन गर्नुको विकल्प छैन : झलनाथ खनाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन्। शुक्रबार संसद भवन नयाँ बानेश्वरमा खनालले पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवासँग माग गरेका हुन्।

एकीकृत समाजवादीले पार्टीबाट देउवा सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम दिइसकेको छ। तर, अहिलेसम्म नयाँ मन्त्रीहरुलाई नियुक्त गरिएको छैन। यसै सन्दर्भमा उनले आफ्नो पार्टीले मन्त्रीहरुलाई हेरफेर गर्ने निर्णय गरिसकेकाले गठबन्धन सरकारले त्यसलाई तुरुन्त कार्यान्वयन गर्नुको विकल्प नरहेको बताएका हुन्। 

‘मैले धेरै पटक यसको जवाफ दिईसकें। यसमा हाम्रो पार्टीको तर्फबाट गम्भिर आपत्ति छ। यो तुरुन्त लागू हुनुपर्छ। नेकपा एकीकृत समाजवादीले गर्नुपर्ने निर्णय गरिसकेको छ। यसलाई गठबन्धन सरकारले तुरुन्त कार्यान्वयन गर्नुपर्छ। अरु कुनै विकल्प छैन,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell