काठमाडौं : ठमेलस्थित काठमाडौं गेस्ट हाउस (केजीएच) मा शनिवार (जेठ २८) गते देखि स्ट्रिट आर्ट फेस्ट सुरु हुने भएको छ। म्यूजियम अफ नेपाली आर्ट र काठमाडौं आर्ट हाउसको संयुक्त आयोजनामा एक महिनासम्म यो फेस्ट संचालनमा आउने भएको हो।
शनिवारबाट स्ट्रिट/भिज्यूल आर्टिस्ट किरण महर्जनले केजीएज परिसरमा मुरल आर्ट बनाउनेछन्। ठमेल 'डेन एन्ड नाउ' थिममा उनले भित्तामा मुरल आर्ट बनाउनेछन्।
मुरल आर्ट आयोजनाले नेपालमा यो विधामा काम गरिरहेका मानिसहरुलाई प्रोत्साहित गर्नु रहेको छ। कंक्रिटले भरिएको काठमाडौंका घरहरुमा कला भर्नु पनि यसको उद्धेश्य रहेको आयोजकले जनाएको छ।
एक महिनासम्म चल्ने यो कार्यक्रममा मानिसहरुले महर्जनसँग कला क्षेत्रका बारेमा कुराकानी र सुझाव दिन सक्नेछन्। मुरल आर्ट काठमाडौं आर्ट हाउसको उत्तर र पूर्वी क्षेत्रमा हुनेछ।
१८ जुन (असार ४) गते भने केजीएचमै आर्ट मार्केट पनि आयोजना गरिनेछ। सो दिन त्यहाँ पेन्टिङ, क्यालिग्राफी लगायतका गतिविधि समेत हुनेछ।यस्तै, शनिवारबाट नै फोटो प्रदर्शनीमा सुरु हुनेछ। ११ देखि २१ जुनसम्म 'एल्लस आइज' शीर्षकमा स्ट्रिट लाइफलाई तस्विरमा देखाइनेछ।