PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

सेयर बजार ओरालो लागेपछि लगानीकर्ता सरकारविरुद्ध प्रर्दशन गर्दै सडकमा

सेयर बजार ओरालो लागेपछि लगानीकर्ता सरकारविरुद्ध प्रर्दशन गर्दै सडकमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सेयर बजार लगातार ओरालो लाग्दा समेत सरकारले सुधारका लागि कुनै पहल नगरेपछि लगानीकर्ता सडकमा आएका छन्। उनीहरुले पुँजी बजारप्रति बेवास्ता गर्दा खर्बौं रुपैयाँ डुबेको भन्दै शुक्रवार प्रर्दशन गरेका हुन्।

सेयर बजार सुधारका लागि १९ बुँदे माग राख्दै विरोधमा उत्रिएका लगानीकर्ताले शुक्रवार भने बानेश्वरमा प्रदर्शन गरेका छन्। सेयर बजार पछिल्लो १० महिनामा ३२ सयबाट २ हजारमा झरेको छ। यो अवधिमा लगानीकर्ताले १४ खर्ब गुमाइसकेका छन्।

सरकारले साढे तीन वर्षअघि र वर्तमान अर्थमन्त्री जनार्दन शर्माले दुई महिना अघि कार्यान्वयनमा ल्याउने प्रतिवद्धता भएको ५८ बुँदे सुझाव कार्यान्वयन गर्न उनीहरुले माग गरेका छन्। प्रदर्शनमा पुँजी बजारसँग सम्वन्धित विभिन्न संस्थासँगै साधारण लगानीकर्ता समेत सहभागी भएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell