PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

कर्णालीको नीति तथा कार्यक्रम पारित



रासस

कर्णालीको नीति तथा कार्यक्रम पारित

कर्णालीः कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ। दुई दिनसम्म प्रदेश सभामा छलफल गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको हो।

प्रदेश सभाको १०औँ अधिवेशनको ११औँ बैठकमा सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम पारितका लागि सभामा प्रस्ताव पेश गर्न मुख्यमन्त्री जीवनबहादुर शाहीलाई समय दिएका थिए। त्यसैगरी, सभामुखले कर्णाली प्रदेशसभा नियमावली, २०७४ लाई दोस्रो संशोधन गर्न गठित समितिको प्रतिवेदन सभासमक्ष पेश गर्न समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठलाई समय दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell