PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

शनिवार बिहानै काठमाडौंमा भूकम्पको झड्का



पहिलोपोस्ट

शनिवार बिहानै काठमाडौंमा भूकम्पको झड्का

काठमाडौं : शनिवार बिहान भूकम्पको महसुस भएको छ। काठमाडौं लगायतका क्षेत्रमा बिहान २ बजेर ३६ मिनेटमा झड्का महसुस भएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.७ म्याग्नेच्युड क्षमताको भूकम्प भएको हो।

भक्तपुर केन्द्रविन्दु भएकाले काठमाडौं उपत्यकामा भूकम्प बढी नै शक्तिशाली अनुभव भएको थियो। २७.७ ल्याटिच्युड र ८५.४१ लङ्गिच्युडमा ४.७ म्याग्नेच्युड क्षमताको भूकम्प भएको केन्द्रले जनाएको हो।

त्यसअघि पूर्वी काठमाडौं आसपास केन्द्रविन्दु रहेको ३.९ म्याग्नेच्युड क्षमताको भूकम्प भएको सार्वजनिक भएको थियो। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell