PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित



पहिलोपोस्ट

पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित

काठमाडौं : नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित भएका छन्। गए राति सम्पन्न अन्तिम मत परिणाम अनुसार शेर्पा ७३५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले १२२ मत पाएका छन्।

सङ्घको उपाध्यक्षमा ठाकुरराज पाण्डे ४२८ मत ल्याएर निर्वाचित भए। उपाध्यक्षका अर्का प्रतिस्पर्धी माया शेर्पाले ४२३ मत पाइन्। प्रथम उपाध्यक्षमा आङ दावा शेर्पा, द्धितीय उपाध्यक्षमा दावा जाङ्बु शेर्पा निर्वाचित भएका छन्। यसैगरी महासचिवमा मोहन लम्साल ४८९ मतका साथ विजयी भए।

महासचिवका अर्का प्रत्यासी आङपेम्बा शेर्पाले ३२३ मत प्राप्त गरे। सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे निर्वाचित भएका छन्।

यस्तै सदस्यमा आङदावा शेर्पा, हिसखद गुरुङ, सिंगी लामा, पिताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नम्ग्याल जाङ्बु शेर्पा, पाशाङदावा शेर्पा र दिनेश तामाङ निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनका लागि शुक्रबार प्रज्ञा भवनमा बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो। सङ्घको दुई हजार ४९ सदस्यमध्ये नवीकरण भएका कूल एक हजार २१५ मतदाता रहेका थिए। अध्यक्षसहित पदाधिकारी र सदस्य गरी २७ सदस्यीय कार्यसमितिका लागि निर्वाचन भएको सङ्घले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell