PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

तनहुँको बामताङ खोलाको भेलले बगाउँदा एकजनाको मृत्यु



पहिलोपोस्ट

तनहुँको बामताङ खोलाको भेलले बगाउँदा एकजनाको मृत्यु

काठमाडौं : तनहुँको शुक्लागण्डकी नगरपालिका-१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोला बस्ने ५० वर्षीया यामबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ। 

शुक्रबार राति घर जाने क्रममा बामताङ खोलामा आएको भेलले बगाउँदा बेपत्ता भएका विकको शव आज बिहान फेला परेको कार्यालयका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए। बगाएको स्थानदेखि सात सय मिटर तल विकको शव फेला परेको उनले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell