PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

नेपाल गौरव यात्रा : मेरो पहिचान मेरो अधिकार 

नेपाल गौरव यात्रा : मेरो पहिचान मेरो अधिकार 

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : राजधानीमा आज 'प्राइड परेड' आयोजना गरिएको छ। 'नेपाल गौरव यात्रा' नाम दिइएको परेड माइतीघरदेखि बानेश्वर समेत भएको थियो। हरेक वर्षको जुन महिनामा 'गोरव यात्रा' आयोजना गरिन्छ।

सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेष्ताका व्यक्तिहरु आजको गौरव यात्रामा सहभागी भएका थिए। नेपालमा चौथोपटक यसरी गौरव यात्रा गरिएको हो। 

यौनिक तथा अल्पसंख्यक समुदायका लागि आफ्नो पहिचान देखाउने र प्राप्त उपल्ब्धि प्रति गर्व गर्ने महिनाका रुपमा 'प्राइड मन्थ' आयोजना गरिन्छ। यो महिना विश्वका विभिन्न देशमा प्राइड परेड आयोजना गर्ने गरिन्छ। 

बानेश्वर पुगेपछि परेड सभामा परिणत भएको थियो। उपस्थित व्यक्तिहरुले त्यहाँ कविता वाचन गर्नुका साथै, कथा, गीत र नृत्य समेत प्रस्तुत गरेका थिए। 



ट्रेन्डिङ पोस्ट

Ncell