PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा लिनुपर्छ : महानगर प्रमुख साह



पहिलोपोस्ट

स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा लिनुपर्छ : महानगर प्रमुख साह

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन्। क्षत्रपाटी निःशुल्क चिकित्सालयको निर्माणधीन भवन अवलोकन तथा त्यहाँबाट  प्रवाह भइरहेको सेवाको अनुगमनका क्रममा उनले स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा लिनुपर्ने बताएका हुन्।

'शिक्षा र स्वास्थ्य भनेको सरकारको प्राथमिक एजेण्डा हो। यसलाई सेवाकै रुपमा लिनुपर्छ व्यापार हुनु हुँदैन' उनले भने।  

साहले उक्त अस्पतालबाट असहाय, गरिब तथा आर्थिक अभाव भएकालाई निःशुल्क उपचारको ग्यारेन्टी गर्न आग्रह गरेका थिए। स्वास्थ्य र सरसफाइमा महानगरपालिकाले उच्च चासो दिएको बताउँदै साहले यसका लागि नयाँ योजना तथा सल्लाह र सुझाव लिएर आउनेसँग सहकार्य गरिने प्रतिबद्धता व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell