PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

पूर्व सांसद भद्रबहादुर थापाको निधन



पहिलोपोस्ट

पूर्व सांसद भद्रबहादुर थापाको निधन

बुटवल : पाल्पा क्षेत्र नम्बर १ का पूर्व सांसद तथा नेकपा (एमाले) का नेता भद्रबहादुर थापाको निधन भएको छ। पाल्पाको रामपुर नगरपालिका वडा नम्बर १० का ७० वर्षिय थापाको शनिबार दिउँसो आफ्नै घरमा निधन भएको वडा अध्यक्ष तोया सारुले जानकारी दिए।

उनी केही वर्षदेखि मुटुको बिरामी थिए। स्थानीय भानुभक्त माध्यमिक विद्यालयका पूर्वशिक्षकसमेत रहेका थापा २०४७ मा संविधान जारी भएपछि २०४९ को स्थानीय तह चुनावमा तत्कालीन गेझा गाविसका अध्यक्ष भएका थिए।

हाल नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सल्लाहकार सदस्यसमेत रहेका थापा २०५६ मा पाल्पाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका थिए। थापा जिल्ला विकास समिती पाल्पाको उपसभापतिमा पनि समेत निर्वाचित भएका थिए। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell