PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

बिहान साढे ९ बजेदेखि प्रशारण लाइनमा चढेका व्यक्तिलाई उद्धार गर्न सेनाको हेलिकप्टर ककनी उड्यो



पहिलोपोस्ट

बिहान साढे ९ बजेदेखि प्रशारण लाइनमा चढेका व्यक्तिलाई उद्धार गर्न सेनाको हेलिकप्टर ककनी उड्यो

काठमाडौं : कननी गाउँपालिका ७ स्थित त्रिशुली 'थ्रि ए' को प्रशारण लाइनमा चढेका व्यक्तिको उद्धार गर्न सेनाको हेलिकप्टर ककनी उडेको छ। बिहान १० बजेदेखि स्थानिय र प्रहरीले उद्धार गर्ने प्रयास गरेका थिए।उर्जा जलस्रोत तथा  सिंचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनासँग आग्रह गरेपछि सेनाको हेलिकप्टर उडेको हो। सेनाको ४ जनाको टोली ककनी उडेको हो।

उच्च क्षमताको प्रसारण लाइनमा मानिस चढेपछि त्यसको प्रभाव दशेभर परेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि माथिल्लो त्रिशुली थ्री ए लगायतका केही आयोजनाको बिजुली उत्पादन बन्द गर्नु परेको छ। प्रणालीमा ६५ मेगावाट बिजुली अपुग भएको छ।

गाउँपालिकाको वडा ७ का अध्यक्ष रामकृष्ण तामाङका अनुसार ती व्यक्ति बिहान साढे ९ बजेबाट बिजुलीको तारमा चढेको जानकारी दिए। तारमा हिँडिरहेका पुरुष बेलकोटगढी नगरपालिका १३ घले गाउँ बस्ने ४५ वर्षीय माइला विक भएको खुलेको छ। प्रहरीको जानकारी अनुसार उनी मानसिक रोगी भएको जनाएको छ।

माथिल्लो त्रिशुली थ्री ए ६० मेगावाट क्षमतामा नै चलीरहेको थियो भने अन्य केही आयोजनाको बिजुली समेत सोही प्रसारण लाइनमार्फत काठमाडौँ ल्याइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell