PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

प्रसारण लाइनमा चढेको ९ घण्टापछि माइलाको उद्धार, लगाइयो प्रहरीको जिम्मा



पहिलोपोस्ट

प्रसारण लाइनमा चढेको ९ घण्टापछि माइलाको उद्धार, लगाइयो प्रहरीको जिम्मा

काठमाडौं: कननी गाउँपालिका ७ स्थित त्रिशुली 'थ्री ए'को प्रसारण लाइनमा चढेका माइला विकको ९ घण्टापछि उद्धार गरिएको छ। सेनाको उद्दार टोली पुगेर विकलाई तारबाट प्रसारण लाइनको तारबाट झारेको हो। बिहान १० बजेदेखि स्थानीय र प्रहरीले उद्धार गर्ने प्रयास गरेका थिए। ऊर्जा जलस्रोत तथा  सिँचाइमन्त्री पम्फा भुसालले नेपाली सेनासँग आग्रह गरेपछि सेनाको हेलिकप्टर उद्धारका लागि पुगेको थियो।

'अहिले तारबाट सेनाको टोलीले उद्दार गरेर प्रहरीको जिम्मा लगाइएको छ,' प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले भने।

उच्च क्षमताको प्रसारण लाइनमा मानिस चढेपछि विद्युत उत्‍पादन बन्द गरिएको थियो। उत्पादन बन्दको प्रभाव दशैभर परेको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि माथिल्लो त्रिशुली थ्री ए'लगायतका केही आयोजनाको बिजुली उत्पादन बन्द गर्नुपरेको थियो। उत्पादन बन्द गर्दा राष्ट्रिय प्रणालीमा ६५ मेगावाट बिजुली अपुग भएको प्राधिकरणले जनाएको छ।

गाउँपालिकाको वडा ७ का अध्यक्ष रामकृष्ण तामाङका अनुसार ती व्यक्ति बिहान साढे ९ बजेबाट बिजुलीको तारमा चढेका थिए। तारमा  चढेका पुरुष बेलकोटगढी नगरपालिका १३ घले गाउँका हुन्। प्रहरीको जानकारी अनुसार उनी मानसिक रोगी भएको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell