PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

घरको छतबाट खसेर सीतापाइलामा एक जनाको मृत्यु



रासस

घरको छतबाट खसेर सीतापाइलामा एक जनाको मृत्यु
प्रतीकात्मक तस्विर

काठमाडौंः काठमाडौंको सीतापाइलामा घरको छतबाट खसेर एक युवाको मृत्यु भएको छ।

नागार्जुन नगरपालिका -४ घर भएका ३७ वर्षीय जितेन्द्र श्रेष्ठको आफ्नै घरको पाँचौँ तलाबाट खसेर मृत्यु भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पानी भर्ने क्रममा चिप्लेर घरको छतबाट खसेका श्रेष्ठको उपचारका क्रममा शुभेच्छा अस्पताल सीतापाइलामा मृत्यु भएको जानकारी दिए।

घरबाट खसेर गम्भीर घाइते भएका श्रेष्ठलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता मैनालीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell