PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

नेपाल टस जितेर ब्याटिङमा: आदिलको ओडीआई डेब्यु, कुशल र आशिफ टीममा



पहिलोपोस्ट

नेपाल टस जितेर ब्याटिङमा: आदिलको ओडीआई डेब्यु, कुशल र आशिफ टीममा

काठमाडौं: नेपाली क्रिकेट टोलीले अमेरिकाविरुद्ध टस जितेर ब्याटिङमा उत्रिने भएको छ। नेपाली टोलीबाट आजको खेलबाट मोहम्मद आदिल आलमले डेब्यु गर्दा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले टीममा पुनरागमन गरेका छन्। यसअघि ओमनविरुद्ध ओपनिङ गरेका सुनिल धमला र सुवास खकुरेल बेन्चमा छन्। त्यस्तै अघिल्लो खेल खेलेका बिनोद भण्डारी अन्तिम ११ मा छैनन्।

नेपाल र अमेरिकाले पछिल्लो ४ वटा एकदिवसीय खेल खेल्दा नतिजा नेपालको पक्षमा देखिन्छ। नेपालले तीनवटा खेल जित्दा पछिल्लो एक खेल अमेरिकाले जितेको थियो। तर, त्यसो भन्दैमा अमेरिकालाई कमजोर आँक्ने अवस्था छैन। अमेरिकासँग भारत पाकिस्तानबाट क्रिकेटको पृष्ठभूमि लिएका बलिया खेलाडीको उपस्थिति छ। अझ नेपालले बलिङमा खुल्न नदिएको ओमनसँग ब्याटिङ फितलो गरेर हार ब्यहोरिरहँदा त्यसभन्दा अघिल्लो खेलमा अमेरिकाले ओमनलाई हराएको थियो। अर्थात घरेलु मैदानको फाइदा उठाउने दाउमा हुनेछ अमेरिकी टिम।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आशिफ शेख, देव खनाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल आलम अन्सारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र शुसन भारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell