PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

कुवेतविरुद्धको नेपालको प्लेइङ ११ मा कोको?



पहिलोपोस्ट

कुवेतविरुद्धको नेपालको प्लेइङ ११ मा कोको?
फाइल फोटो: एन्फा

काठमाडौं: नेपाली फुटबल टोलीले एसिया कप छनोट अन्तर्गत कुवेतको सामना गर्दैछ। १० बजेबाट सुरु हुने खेलका लागि नेपाली टोलीको प्लेइङ ११ सार्वजनिक भएको छ।

प्लेइङ ११ मा जोर्डनविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका गोलकिपर दीप कार्कीले निरन्तरता पाउँदा गौतम श्रेष्ठ, विकास तामाङ ,विकास खवास, सुमन अर्याल, मनिष डाँगी, सुरजजिउ ठकुरी, पुजन उपरकोटी, शेशेहाङ आङदेम्बे, आयुस घलान र कप्तान नवयुग श्रेष्ठ टोलीमा छन्।

नेपाल र कुवेतले हालसम्म ८ खेल खेलेका छन् जसमा नेपालले ७ वटा पराजय ब्यहोर्दा एक खेलमा बराबरी खेलेको छ। सन् २०१९ मा मैत्रीपूर्ण दुई खेल खेल्दा एक खेलमा नेपालले गोलरहित बराबरी खेलेको थियो भने अर्को खेलमा १-० को साँघुरो हार ब्यहोरेको थियो। त्यसपछि नेपाल र कुवेतको भेट भयो विश्वकप र एसिया कपको छनोट अन्तर्गतको समूहको खेलमा। जसमा कुवेतले घरेलु मैदानमा नेपाललाई ७-० ले हराउँदा भुटानमा सम्पन्न अर्को खेलमा १-० को संघर्षपूर्ण जित निकालेको थियो।

यस्तो छ नेपाली टिम



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell