PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

नेपाली फुटबल टोली कुवेतसँग पराजित



पहिलोपोस्ट

नेपाली फुटबल टोली कुवेतसँग पराजित
Photo: Kuwait FA

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोली कुवेतसँग पराजित भएको छ। एसिया कप छनोट अन्तर्गत समुह 'ए'को खेलमा नेपाली टोली ४-१ गोलको फराकिलो अन्तरले पराजित भएको हो। पहिलो हाफमा एक गोलले पछि रहेको नेपाली टोलीले दोस्रो हाफमा तीन गोल ब्यहोरेको हो।

खेलको २८ औं मिनेटमा कुवेतका फाहल अल्रेसिहीले गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफमा युसुफ नासिरले गोल थप्दै अग्रता दोब्बर बनाए। उनले खेलको ५० औं मिनेटमा गोल गरे। नासिरको उक्त गोलपछि नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अचेत भएर ढलेपछि अस्पताल लगिएको थियो।

त्यस्तै ७० औं मिनेटमा नासिरले ब्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे। चौथो गोल ७३ औं मिनेटमा मुबारक अल फनेनीले गरे। उनको प्रहार डिफेन्डर विकास खवासलाई लाग्दै गोल भएको थियो।

अर्कोतर्फ नेपालका लागि दर्शन गुरुङले इन्ज्युरी समयमा सान्त्वना गोल फर्काए।

योसँगै नेपालले एसिया कप छनोटको समूह ए मा लगातार दोस्रो हार ब्यहोरेको छ। पहिलो खेलमा नेपालले जोर्डनसँग हार ब्यहोरेको थियो। नेपालले तेस्रो खेलमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell