PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

अफगानिस्तानमाथि भारतको संघर्षपूर्ण जित, हङकङले कम्बोडियालाई हरायो



पहिलोपोस्ट

अफगानिस्तानमाथि भारतको संघर्षपूर्ण जित, हङकङले कम्बोडियालाई हरायो
Photo: Indian Football Team

एएफसी एसियन कप क्वालिफायर्स अन्तर्गत आज सम्पन्न समूह 'डी' को खेलमा भारतले अफगानिस्तानलाई हराएको छ। भारतको साल्ट लेक स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले अफगानिस्तानलाई २-१ गोलअन्तरले हराएको हो।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले टोलीलाई अग्रता दिलाए। उनले खेलको ८६ औं मिनेटमा गोल गरे। तर, त्यसको दुई मिनेट नबित्दै अफगानिस्तानका जुबएर अमिरीले गोल गर्दै खेल बराबरीमा ल्याए। बराबरीको अवस्थाबाट भारतलाई जित दिलाउन खेलको इन्ज्युरी समयमा सहल समदले गोल गरे।

त्यस्तै आजै सम्पन्न समूह डी को अर्को खेलमा हङकङले कम्बोडियामाथि ३-० को जित निकाल्यो। योसँगै समान ६ अंक जोडेका हङकङ र भारत शीर्ष दुई स्थानमा छन् भने अंकविहीन अफगानिस्तान र कम्बोडिया तालिकाको तेस्रो र चौथो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell