PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

मकवानपुर गोल्डकप : आर्मी फाइनलमा प्रवेश



पहिलोपोस्ट

मकवानपुर गोल्डकप : आर्मी फाइनलमा प्रवेश

हेटौंडा: हेटौंडामा जारी चौथो स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ।

दोस्रो सेमिफाइनल खेलमा विदेशी क्लब एनिनियर एफसी क्यामरुनलाई सडनडेथमा पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो।

खेलमा निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा ३–३ गोलको बराबरीपछि खेल सडनडेथमा गएको थियो।

सडन डेथसम्ममा ११–११ जनाले पेनाल्टी प्रहार गर्दा ८–८ गोलको बराबरी भएको थियो।

त्यसपछि खेलको निर्णय लिन खेलाडीहरुले पुनः दोहोर्‍याएर पेनाल्टी प्रहार गर्नु परेको थियो। पुनः पेनाल्टीमा आर्मीका तीन खेलाडीले लगातार गोल गरेका थिए। तर, एनिनियर एफसीका एक खेलाडी गोल गर्नबाट चुकेसंगै आर्मी फाइनलमा प्रवेश गर्न सफल भयो।

यो सँगै अब साविक विजेता समेत रहेको आर्मीले उपाधिका लागि घरेलु टोली विजय युथ क्लब हेटौंडासंग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल जेष्ठ ३० गते सोमबार हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell