
एएफसी एसियन कप छनोट अन्तर्गत आज सम्पन्न समूह 'सी' को खेलमा दक्षिण एसियाली मुलुक माल्दिभ्स उज्बेकिस्तानसँग पराजित भएको छ। उज्बेकिस्तानस्थित मार्काजी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले माल्दिभ्समाथि ४-० को फराकिलो जित निकालेको हो।
उज्बेकिस्तानको जितमा एल्डोर शोमुरोडोभले ह्याट्रिक पुरा गरे भने ओस्टन उरुनोभले एक गोल गरे।
समूह 'सी'कै अर्को खेलमा श्रीलंका थाइल्याण्डसँग २-० गोलअन्तरले पराजित भयो।
समूह 'सी' मा समान ६ अंक जोडेका उज्बेकिस्तान र थाइल्याण्ड शीर्षस्थानमा छन् भने जितविहीन श्रीलंका र माल्दिभ्स तेस्रो र चौथो स्थानमा छन्।