PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

पौडेल, शेख र खनालको अर्धशतकको सहायतामा नेपालले अमेरिकालाई दियो २ सय ७५ रनको लक्ष्य



पहिलोपोस्ट

पौडेल, शेख र खनालको अर्धशतकको सहायतामा नेपालले अमेरिकालाई दियो २ सय ७५ रनको लक्ष्य

काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली अमेरिकालाई २ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ। अमेरिकाको पिअरल्याण्डस्थित मूसा क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले अमेरिकालाई २७५ रनको लक्ष्य दिएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २७४ रन बनाएको हो।

नेपालका लागि तीन जना ब्याट्सम्यानले अर्धशतक पुरा गरे। जसमा रोहित कुमार पौडेलले सर्वाधिक ६२ रन बनाउँदा आशिफ शेखले ६१ रन र देव खनालले ५४ रन बनाए। त्यसबाहेक कुशल भुर्तेलले १९ र कप्तान सन्दीप लामिछानेले १० रन बनाए।

बलिङतर्फ अमेरिकाका रस्टी थेरोनले सर्वाधिक ४ विकेट लिँदा अली खान र सौरभ नेत्रभाल्करले समान २ तथा यासिर मोहम्मद र निसर्ग पटेलले समान १ विकेट लिए।

अमेरिका केही बेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell