PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

गोलरहित बराबरीमा रोकिए इङ्ग्ल्याण्ड र इटली, जर्मनी र हंगेरीको पनि बराबरी



पहिलोपोस्ट

गोलरहित बराबरीमा रोकिए इङ्ग्ल्याण्ड र इटली, जर्मनी र हंगेरीको पनि बराबरी
Photo: UEFA

यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'सी'को खेलमा इङ्ग्ल्याण्ड र इटली बराबरीमा रोकिएका छन्। इङ्ग्ल्याण्डस्थित मोलिनिउक्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली इटलीसँग गोलरहित बराबरीमा रोकिएको हो।

पछिल्लो पटक युरो कपको फाइनलमा यी दुई टोली भिड्दा समर्थकले देखाएको अराजक व्यवाहारको सजायस्वरुप यो खेल बन्द रंगशालामा गराइएको थियो। यद्यपि केही हजार स्कुल पढ्ने बच्चाहरुको उपस्थिति भने स्टेडियममा थियो। खेलमा बल अधिकांश समय आफ्नो पकडमा राखेर पनि इङ्ग्ल्याण्डले गोल भने गर्न सकेन।

गएराति नै सम्पन्न समूह 'सी' कै अर्को खेलमा जर्मनी र हंगेरी पनि बराबरीमा रोकिए। हंगेरीस्थित पुस्कास एरेनामा सम्पन्न खेलमा यी दुई टोली १-१ गोलको बराबरीमा रोकिएका हुन्। हंगेरीले खेलको छैटौं मिनेटमै जेटसोल्ट नेगीको गोलमा अग्रता बनाएको थियो। तर नवौं मिनेटमा जोनस होफमनले गोल फर्काउँदै जर्मनीलाई बराबरीमा ल्याए।

समूहमा तेस्रो चरणको खेल सकिँदा ५ अंक जोडेको इटली शीर्ष स्थानमा छ भने ४ अंक जोडेको हंगेरी दोस्रो, ३ अंक जोडेको जर्मनी तेस्रो र २ अंक जोडेको इङ्ग्ल्याण्ड चौथो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell