PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

देशका अधिकांश भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना



रासस

देशका अधिकांश भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
फाइल फोटो।

काठमाडौं : देशका अधिकांश भू-भागमा आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ। प्रदेश नम्बर १, मधेश प्रदेश , वाग्मती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

उक्त प्रणालीको प्रभावले प्रदेश नम्बर १, मधेश प्रदेश, वाग्मती, गण्डकी र कर्णाली प्रदेशमा सामान्य बदली र अन्य प्रदेशमा आङ्शिक बदली भई प्रदेश १, मधेश प्रदेश, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  विभागले जानकारी दिएको छ।

हाल देशभर सामान्य बदली रहेको छ। लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। रातको समयमा प्रदेश नम्बर १ र मधेश प्रदेशका धेरै स्थान, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश नम्बर १, मधेश  र वाग्मती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell