PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

बाथरूममा मृत अवस्थामा भेटिइन् भारतकी चर्चित फेसन डिजाइनर प्रत्यूषा



पहिलोपोस्ट

बाथरूममा मृत अवस्थामा भेटिइन् भारतकी चर्चित फेसन डिजाइनर प्रत्यूषा
Photo: Prathyusha Garimella website

भारतकी चर्चित फेसन डिजाइनर प्रत्यूषा गरिमेला मृत अवस्थामा भेटिएकी छन्। उनी शनिवार हैदराबादस्थित बजारा हिल्स अपार्टमेन्टको बाथरुममा मृत फेला परेको प्रहरीलाई उदृत गर्दै एएनआईले उल्लेख गरेको छ।

मृत ३५ वर्षकी प्रत्यूषाको कोठाबाट एउटा कार्बन मोनोअक्साइडको बोतल पनि भेटिएको थियो। प्रहरीले शंकास्पद मृत्यु भएको भन्दै उजुरी दर्ता गराएको छ।

बञ्जारा प्रहरी स्टेसनका इन्स्पेक्टर नागेश्वर रावले प्रत्यूषाको कोठाबाट एक नोट समेत फेला पारेको छ। उनले नोटमा कसैलाई दोष लगाएकी छैनन्।

‘म निकै एक्लो महसुस गरिरहेको छु र डिप्रेशनमा छु’, उनले लेखेकी छन्। जसकारण आत्महत्या गरेर उनको मृत्यु भएको आशंका गरिएको छ। यस मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ।

अमेरिकाबाट फेसन डिजाइनिङ पढेर प्रत्यूषाले हैदराबादमा फेसन डिजाइनरका रुपमा करियर सुरु गरेकी थिइन्। सन् २०१३ मा उनले आफ्नो नामको एक लेबल पनि सुरु गरेकी थिइन्। र, त्यसपछि उनी निकै लोकप्रिय बनिन्।

प्रत्यूषाले बलिउड र साउथका माधुरी दिक्षित, रवीना टण्डन, काजोल, परिणिती चोपडा, हुमा कुरैशी, श्रीया सरन, काजल अग्रवाल, जूही चावला, गौहर खान, नेहा धुपिया, भूमि पेडनेकरलगायतका अभिनेत्रीहरूको ड्रेस डिजाइन गरिसकेकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell