PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

काठमाडौंका मेयर बालेनले भने : सिसडोलको फोहोरलाई एक महिनाभित्र दुर्गन्धरहित बनाउछौं



पहिलोपोस्ट

काठमाडौंका मेयर बालेनले भने : सिसडोलको फोहोरलाई एक महिनाभित्र दुर्गन्धरहित बनाउछौं

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सिसडोलमा फालिएको फोहोरलाई एक महिनाभित्र दुर्गन्धरहित बनाइने बताएका छन्। महानगरको आइतवार बसेको कार्यपालिकाको बैठकमा साहले जैविक रसायनको प्रयोग गरेर दुर्गन्धरहित बनाइने बताएका हुन्।

'महानगरपालिकाले सिसडोलमा व्यवस्थापन गर्दै छ। एक महिनाभित्र दुर्गन्धरहित बनाइँदै छ। त्यहाँनेर केमिकेल नभएर जैविक केमिकल प्रयोग गरिदै छ। वातावरणमा कुनै पनि असर पार्दैन,' साहले भने। 

खोलामा सफा पानी बगाउनका लागि ट्रिटमेन्ट गरिने जानकारी दिए। 

भने, 'त्यहाँबाट बगेको लिच्चडलाई ट्रिटमेन्ट गरेर सफा पानी खोलामा जाने गरेर मात्रै हामी व्यवस्थापन गर्दैं छौं।'
महानगरले तीन पिप्लेदेखि बन्चरेडाँडासम्मको बाटोलाई असार पहिला सातादेखि निर्माण सुरु गर्न लागेको छ। 

काठमाडौं महानगरमा रहेका ब्रुमरका चालकहरु तीन दिनभित्र उपस्थित हुने र महानगरको धुलो सफा गरिने साहको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell