PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कृषकलाई मल उपलब्ध गराउन सरकारलाई सभामुख सापकोटाको रुलिङ



पहिलोपोस्ट

कृषकलाई मल उपलब्ध गराउन सरकारलाई सभामुख सापकोटाको रुलिङ
फाइल फोटो।

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरुलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतवारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए।

उनले कृषकहरुलाई यथाशिघ्र मल उपलब्ध हुने गरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री तथा सरकारलाई रुलिङ गरे।

उनले भने, ‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरुले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ। यथाशिघ्र कृषकहरुलाई मल उपलब्ध हुन सक्नेगरी व्यवस्थापन गर्न, गराउन म सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु।’

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले खेतिको समयमा पनि मलको अभाव भएको भन्दै मलको व्यवस्थापन गराउन सरकारसँग माग गरेका थिए। -न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell