PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसद्लाई जानकारी गराउन प्रदीप ज्ञवालीको माग



पहिलोपोस्ट

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसद्लाई जानकारी गराउन प्रदीप ज्ञवालीको माग

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद प्रदीप कुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसद्मा जानकारी गराउन माग गरेका छन्। आइतवारको प्रतिनिधिसभा बैठकमा सांसद ज्ञवालीले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारुढ गठबन्धनका दलले समेत प्रश्न उठाइरहेको उल्लेख गर्दै यस सम्बन्धमा संसद्मा जानकारी गराउन माग गरेका हुन्।

सांसद ज्ञवालीले प्रधानमन्त्रीको भ्रमण राजकिय, सद्भावना अथवा व्यापारिक कुन प्रकारको हो सो विषय संसद्मा जानकारी गराउनुपर्ने बताए। भ्रमणका क्रममा कुनै समझदारी हुने/नहुने विषयमा पनि बेखबर रहेकाले सो विषयमा स्पष्ट पार्नुपर्ने उनले बताए। उनले सरकारले गम्भीर विषयहरुमा पनि प्रमुख प्रतिपक्ष दलसँग परामर्श तथा सुझाव नलिने र राष्ट्रिय समझदारी नबनाउने गरेको बताए।

उनले भने, ‘सत्तापक्षको एउटा घटकको प्रमुख सचेतकले प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गरियोस् भन्ने तहसम्म प्रश्न उठाउने विषय सामान्य विषय होइन। सत्ता गठबन्धनमा रहेको असमझदारी र विवाद मात्रै हो भनेर बुझ्ने या यो भ्रमणसँग जोडिएका केही अत्यन्त महत्वपूर्ण विषयहरु छन् जससँग सत्ता घटकहरुबिच छलफल चलिरहेको छ र त्यो विषयलाई उठाउनुपर्ने आवश्यकता प्रमुख सचेतकले बोध गर्नुभयो। यो विषयमा सदन अनुत्तरित रहनु हुँदैन भन्ने मलाई लाग्छ। प्रधानमन्त्रीको तर्फबाट यस विषयमा सदनलाई अविलम्ब जानकारी गराउनु आवश्यक छ भन्ने कुरा म अनुरोध गर्न चाहन्छु।’

उनले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुन लागेको हो कि रक्षा मन्त्रीको हैसियतमा हुन लागेको हो भन्नेपनि स्पष्ट पार्नुपर्ने बताए। -न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell