PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

माटोको ढिस्कोले पुरिएर रोल्पामा दुई बालकको मृत्यु



रासस

माटोको ढिस्कोले पुरिएर रोल्पामा दुई बालकको मृत्यु

रोल्पा : रोल्पामा माटोको ढिस्को खस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ।

रोल्पाको परिवर्तन गाउँपालिका-५ दाउन्नेभिरका प्रकाश खड्काका छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए।

उनका अनुसार आइतवार बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को झर्दा बाटोमा खेल्दै गरेका एकै घरका दाजु भाइको मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell