1.jpg)
जुन ३ मा रिलिज भएको अक्षयकुमार अभिनित फिल्म ‘पृथ्वीराज’ले हालसम्म ६५ करोडको व्यापार गरेको छ। २५० करोड लगानीमा बनेको यो फिल्म बक्सअफिसमा सफल हुन सकेन। दर्शक नआउँदा हलले शो नै क्यान्सिल गर्नुपरेको थियो।
हलमा दर्शकको साथ पाउन नसकेपछि अब यो फिल्म ओटीटी प्याल्टफर्ममा रिलिज हुने भएको छ। रिलिज भएको चारहप्तापछि फिल्म ‘पृथ्वीराज’ ओटीटीमा रिलिज हुने भएको छ।
यशराज फिल्म्स र अमेजन प्राइमबिच फिल्म प्रदर्शनबारे समझ्दारी भइसकेको बलिउड हंगामाले उल्लेख गरेको छ। यद्यपि, फिल्मको ओटीटी रिलिज मिति भने खुलाइएको छैन। सम्झौता पक्का भएमा यो फिल्म जुन वा जुलाईमा हुनेछ।
फिल्म ‘पृथ्वीराज’ राजपूत सम्राट पृथ्वीराज चौहानको कथामा आधारित छ। फिल्ममा अक्षयका साथै फिल्ममा मिस वर्ल्ड मानुषी चिल्लरको पनि मुख्य भूमिका रहेको छ। फिल्ममा सोनु सुद, सञ्जय दत्त, आशुतोष राणा, साक्षी तवंर लगायतका कलाकारहरुको अभिनय रहेको छ। शराज ब्यानरले निर्माण गरेको फिल्ममा डाक्टर चन्द्रप्रकाश द्विवेदीको निर्देशन रहेको छ।