PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

नेपाललाई बालश्रम मुक्त बनाउन विद्यार्थीहरुको माग, बसन्तपुरमा अधिकार माग्दै प्रदर्शन

नेपाललाई बालश्रम मुक्त बनाउन विद्यार्थीहरुको माग, बसन्तपुरमा अधिकार माग्दै प्रदर्शन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज विश्व बालश्रम विरुद्धको दिवस। बालश्रमको विश्वव्यापी विस्तार र यसलाई हटाउनका लागि आवश्यक कार्य र प्रयासहरूमा ध्यान केन्द्रित गर्ने उद्देश्यका साथ आज विश्वभर यो दिवस मनाइँदै छ।

बालबालिकाले अपरिपक्व उमेरमै परिपक्व व्यक्तिले झै गर्ने शारीरिक अथवा मानसिक श्रमलाई बालश्रमको रुपमा परिभाषित गरिएको छ। बालश्रमले बालबालिकाको बाल्यकालमा प्रत्यक्ष असर पुगेको छ भने उनी विद्यालय जानबाट वञ्चित समेत भइरहेका छन्।

विश्व बालश्रम विरुद्धको दिवसकै अवसरमा आज बसन्तपुरमा सरस्वती कलेजका विद्यार्थीहरुले विभिन्न कार्यक्रम गरेका छन्। बालश्रमको अन्त्य गर्न माग गर्दै उनीहरुले नाटक प्रदर्शन गर्नुका साथै गीत तथा कविता समेत सुनाएका थिए।

बालबालिकाहरुलाई श्रममा नलगाई उनीहरुलाई विद्यालय पठाएर भविष्यको लागि तयार गर्न उनीहरुले मागे गरे।



ट्रेन्डिङ पोस्ट

Ncell