PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

एकलौटी सरकार होइन, धेरै माग नगर्नुस : प्रधानमन्त्री देउवा



पहिलोपोस्ट

एकलौटी सरकार होइन, धेरै माग नगर्नुस : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले धेरै माग नगर्न आग्रह गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको आइतबारबाट काठमाडौं सुरु भएको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उनले एकलौटी सरकार नभएकाले ट्रेड युनियनले धेरै माग दावी गर्न नमिल्ने बताएका हुन्।

‘एउटा कुरा के बुझ्नु पर्‍यो भने तपाईहरुले यो कांग्रेसको एकलौटी सरकार होइन। यो नबुझिकन तपाईहरुले यो धेरै क्लेम गर्ने कुरा छैन। अरु कतिपय तपाईहरुले अति महत्वपूर्ण कुराहरु उठाउनु भएको छ। कतिपय बजेटमा आएका छन । छैनन भने पनि हामीहरु त्यसलाई पूरा गर्नेछौं,’ उनले भने।

श्रमिकहरुको हक, अधिकारको सुरक्षा र उनीहरुको लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ संकल्पित रहेको समेत उनले बताएका छन्। संविधान र कानुनले श्रमिकहरुको हक अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्दै उनले त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गराउन पनि सरकार प्रतिवद्ध रहेको उनले बताए। पछिल्लो समय रसिया–युक्रेन युद्धका कारण श्रम बजार प्रभावित भईरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा श्रमिकहरुको समस्या समाधानका लागि सम्बन्धित सबै पक्षले ध्यान दिन जरुरी रहेको उनको मत थियो।

‘श्रमिकहरुको रोजीरोटीको मुख्य आधार उद्योग व्यवसाय क्षेत्रलाई समेत केही प्रभाव पार्ने देखिएको छ। यस चुनौतिपूर्ण अवस्थामा अर्थतन्त्रलाई पुनस्थापना गर्दै श्रम बजारलाई चलायमान गराउन श्रमजीविहरुलाई रोजीरोटीको व्यवस्था गर्न सबैको सहयोगको जरुरी छ। नेपालको संविधानले श्रमिकको हकलाई मौलिक हकको रुपमा स्थापित गर्दै प्रत्येक मजदुरलाई उचित श्रम अभ्यास र उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको प्रत्याभूति गरेको छ,’ उनले भने।

देउवाले श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाएका छन्। उनले सरकारले सामाजिक सुरक्षा कोषबाट सबैभन्दा बढी श्रमिकहरुलाई नै लाभान्वित हुने समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell