PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

‘रअ बार्ज’को र्‍याप ब्याटल पुनः सुरु, नेपाली संगीतलाई संसारभर फैलाउने अपेक्षा



पहिलोपोस्ट

‘रअ बार्ज’को र्‍याप ब्याटल पुनः सुरु, नेपाली संगीतलाई संसारभर फैलाउने अपेक्षा

काठमाडौं : कोभिड-१९ को संक्रमण न्यून भएसँगै हिप-हप फ्यानहरुबिच लोकप्रिय ‘रअ बार्ज’ (र्‍याप ब्याटल) सुरु भएको छ। हाल देशका मुख्य शहरहरुमा र्‍याप ब्याटलका लागि अडिसन सकिइसकेको बताइएको छ।

रअ बार्जले ब्याटलका लागि गरेको आवेदन आह्वानमा डिजीटल अडिसनमा मात्रै छोटो समयमा ३ हजार बढीको सहभागिता भएको आयोजकले बताएको छ। फिजिकल अडिसनमा पनि र्‍यापरहरुको उल्लेख्य सहभागिता रहेको ‘रअ बार्ज’का चेयरम्यान प्रवेश रायमाझीले जानकारी दिए।

अब छिट्दै ब्याटलका अडिसन र एलिमेनेसन राउण्ड सकेर लाइभ राउण्डका लागि उत्कृष्ट ४० प्रतिस्पर्धी छानिनेछन्। र्‍याप ब्याटलको पछिल्लो अडिसन २०२२ फेब्रुअरीबाट सुरु भएको हो।

पछिल्लो समय समाजमा र्‍यापरहरु लागुऔषध दुर्व्यसनमा फस्ने गर्छन् भन्ने गलत धारणाको विकास हुँदै गएको भन्दै रायमाझीले यो र्‍याप ब्याटललाई लागुऔषधविरुद्धको अभियानको रुपमा अघि बढाइने बताए।

‘कुनै पनि लागुपदार्थ सेवन गर्नेलाई हामीले ब्याटलमा स्थान नै दिँदैनौँ’, रायमाझी भन्छन्, ‘कुलतमा फसेकाहरुलाई बाहिर निकालेर उपयुक्त काम र रोजगारी समेत दिने काम पनि गरिरहेका छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell