PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

भक्तपुरको बोडेमा साहुको हत्या, चार जना पक्राउ



रासस

भक्तपुरको बोडेमा साहुको हत्या, चार जना पक्राउ

भक्तपुर : मध्यपुरथिमि नगरपालिका-८ बोडेमा स्थानीय ५१ वर्षीय कल्याण साहुको आज हत्या भएको छ। हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

काठको फर्माले हानेर हत्या गरेको अवस्थामा बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा साहुको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। प्रहरीले घटनास्थलबाट रगताम्मे भएको फर्मा बरामद गरेको छ।

घटनाबारे अनुसन्धान गरिरहेको पाण्डेले बताए। प्रहरीले साहुको शव परीक्षणका लागि शिक्षण अस्पताल दुवाकोट पठाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell