PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

सहरको विकाससँगै सभ्यता पनि जोगाउन प्रतिनिधिसभा बैठकमा सांसदहरुको आग्रह



रासस

सहरको विकाससँगै सभ्यता पनि जोगाउन प्रतिनिधिसभा बैठकमा सांसदहरुको आग्रह
फाइल फोटो।

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसदहरूले सहरको विकाससँगै सभ्यता पनि जोगाउन आग्रह गरेका छन्।

नेकपा (एमाले)का सांसद नवराज सिलवालले सहरको पूर्वाधार र विकास गर्दा त्यहाँका ऐतिहासिकता, साँस्कृतिक विविधता मौलिकता जोगाउन गम्भीर ध्यान दिनुपर्ने बताए। नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले बझाङलाई आलु र मुला खेतीको केन्द्रका रुपमा विकास गर्न बजेट विनियोजन गर्न सुझाव दिइएकामा लागू नभएको गुनासो गरे।

उनले भने, ‘सिंहदरबारमा गएर मन्त्री, सचिव र विभागका प्रमुखहरूलाई बजेट र कार्यक्रमबारे सुझाव दिँदा थाक्ने स्थिति भइसकेको छ तर बजेट र कार्यक्रम मन्त्रीका क्षेत्र र आफन्तहरूलाई पार्ने गरिएको छ।’

नेकपा (माओवादी केन्द्र)का सांसद अञ्जना विसंखेले बजेट आमरुपमा सकारात्मक भए पनि योजना छनोट गर्दा समानुपातिक र वैज्ञानिक विकासको ढाँचालाई पूर्ण कार्यान्वयन नसकिएको बताए। सांसदहरू गजेन्द्र महत, डा दीपक प्रकाश भट्ट, राजबहादुर बुढालगायतले उक्त छलफलमा भाग लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell