PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

बारामा नाबालिकामाथि बलात्कारः जबर्जस्ती गर्भपतनसँगै घटना बाहिरियो, आरोपित तीनै जना फरार



राधेश्याम पटेल

बारामा नाबालिकामाथि बलात्कारः जबर्जस्ती गर्भपतनसँगै घटना बाहिरियो, आरोपित तीनै जना फरार

वीरगंजः बारामा १६ वर्षीय एक किशोरीमाथि बालात्कार भएको छ। बलात्कारपछि जबर्जस्ती गर्भपतनसँगै घटना बाहिरिएको हो। तीन महिनाअघिको घटना गएराति जबर्जस्ती गर्भपतन गराएसँगै बाहिरिएको हो।  

घटनाबारे पीडितको जाहेरी प्राप्त भई अनुसन्धान भइरहेको बारा प्रहरीका प्रवक्ता डिएसपी राजेश थापाले बताए।

पीडित पक्षले प्रसौनी गाउँपालिका २ का २६ वर्षका भोला भन्ने दिपक साह र श्यामसुन्दर साहले बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख गरेका छन्। यस्तै गर्भपतनमा संलग्न ओमप्रकाश महतोविरुद्ध पनि किटानी जाहेरी दिइएको छ।

बलात्कारपछि गर्भवती भएकी किशोरीलाई साहद्वयले शनिबार राति घरबाट जबर्जस्ती उठाएर गर्भपतन गर्न लगेका थिए। उनीहरुले किशोरीलाई स्थानीय ओमप्रकाश महतोको क्लिनिकमा लगेर गर्भपर्तन गराएको किशोरीले प्रहरीमा प्रारम्भिक बयान दिएकी छन्।

आफूलाई अचेत बनाएर गर्भपतन गराएको किशोरीको बयान छ। आइतबार बिहान होसमा आएपछि घर फर्केर किशोरीले घटनाबारे परिवारका सदस्यलाई बताएकी थिइन्।

लगत्तै परिवारले प्रहरीमा किटानी जाहेरी दिएको हो। जाहेरी परेसँगै आरोपितद्वय साह र महतो फरार छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पीडित किशोरीको आइतबार दिउँसो प्रादेशिक अस्पताल कलैयामा स्वास्थ्य परीक्षण गराई हाल प्रहरीकै संरक्षणमा राखिएको छ। किशोरीकी आमाका अनुसार बलात्कार तीन महिना पहिले भएको जानकारी रहे तापनि आरोपित युवकहरुले ज्यान मार्ने धम्की दिएर घटना लुकाउन बाध्य बनाएका थिए।

तर, रजश्वला बन्द भएपछि किशोरीले साहद्वयलाई आफू गर्भवती भएको बताएकी थिइन। त्यसपछि उनीहरुले जबर्जस्ती गर्भपतनका लागि किशोरीलाई नियन्त्रणमा लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell