PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

स्पेनले चेक रिपब्लिकलाई हरायो, पोर्चुगल स्वीजरल्याण्डसँग पराजित



पहिलोपोस्ट

स्पेनले चेक रिपब्लिकलाई हरायो, पोर्चुगल स्वीजरल्याण्डसँग पराजित
Photo: UEFA

यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'बी'को खेलमा स्पेनले चेक रिपब्लिकलाई हराएको छ। स्पेनस्थित ला रोसालेडा स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले चेक रिपब्लिकलाई २-० गोलअन्तरले हराएको हो।

खेलको २४ औं मिनेटमा कार्लोस सोलेरको गोलमा अग्रता बनाएको स्पेन पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा पाब्लो सारबियाले अर्को गोल थपे। उनले खेलको ७५ औं मिनेटमा गोल गरेका थिए।

त्यस्तै गएराति नै सम्पन्न समूह 'बी'कै अर्को खेलमा स्वीजरल्याण्डले पोर्चुलमाथि जित निकाल्यो। स्वीजरल्याण्डस्थित स्टेड डी जेनेभामा सम्पन्न खेलमा घरेलु टोलीले पोर्चुगललाई १-० गोलअन्तरको साँघुरो जित निकालेको हो। स्वीजरल्याण्डको जितमा पहिलो मिनेटमै ह्यारिस सेफेरोभिचले गोल गरेका थिए।

योसँगै ४ खेलबाट ८ अंक जोडेको स्पेन समूहको शीर्षस्थानमा छ भने ७ अंक जोडेको पोर्चुगल दोस्रो, ४ अंक जोडेको चेक रिपब्लिक तेस्रो र ३ अंक जोडेको स्वीजरल्याण्ड चौथो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell