PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

भोलि विवाह गर्दै इन्दिरा जोशी, घरकै बगैँचामा हल्दी समारोह



पहिलोपोस्ट

भोलि विवाह गर्दै इन्दिरा जोशी, घरकै बगैँचामा हल्दी समारोह
photo: indira joshi facebook

काठमाडौं: जेठ ३१ गते गायिका इन्दिरा जोशी वैवाहिक बन्धनमा बाधिदैँछिन्। उनले प्रेमी फेसन डिजाइनर शरद केडियासँग बिहे गर्न लागेकी हुन्।

यसैबिच, गायिका जोशीले आइतवार हल्दी/मेहन्दी समारोह मनाएकी छिन्। उनले सामाजिक सञ्जालमार्फत फोटोहरू सार्वजनिक गरेकी छिन्।

हल्दी समारोहमा गुलाबी रंगको सारी लगाएकी इन्दिरा निकै खुसी देखिएकी छिन्। घरकै बगैंचा क्षेत्रमा हल्दी कार्यक्रम आयोजना गरिएको थियो।परिवारका केही सदस्यहरूको उपस्थितिमा हल्दी समारोह राम्रोसँग सम्पन्न भएको उनले बताएकी छिन्। 

गतवर्ष शरदले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पुगेको इन्दिरालाई पर्पोज गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell