PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

मंसिर पहिलो साता चुनाव हुने सम्भावना छ : प्रचण्ड,  ‘एकै चरणमा गर्नेबारे छलफल'



पहिलोपोस्ट

मंसिर पहिलो साता चुनाव हुने सम्भावना छ : प्रचण्ड,  ‘एकै चरणमा गर्नेबारे छलफल'

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा प्रतिनिधि सभाको निर्वाचन हुनसक्ने बताएका छन्। आज बर्दियामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले गठबन्धनमा मंसिर पहिलो साता चुनाव गर्नेगरि छलफफल भइरहेको जानकारी दिएका हुन्।

'गठबन्धनमा कुराकानी गर्दा र प्रतिपक्षीसँग पनि कुराकानी गर्दा मंसिरको पहिलो हप्तामा हुने सम्भावना छ,'उनले भने।

स्थानीय तहको निर्वाचन एकै चरणमा भएजस्तै संघ र प्रदेशको पनि निर्वाचन पनि एकैदिन हुने प्रचण्डको भनाइ छ। उनले सुरक्षाका दृष्टिकोणले एकै चरणमा चुनाव गर्ने कोसिस भइरहेको जानकारी दिए।

'चुनाव दुई चरणमा गर्ने कि एक चरणमा भन्ने छ। एकै चोटी गर्ने कि भन्ने कुरा भइरहेको छ,'उनले भने।

चुनावमा पार्टीले कहिले कम कहिले बढी सिट जित्ने भन्दै त्यो ठूलो कुरा नभएको प्रचण्डको मत छ। उनले संघीयतालाई कसैले पनि हल्लाउन नसक्ने बताए।

दोस्रो पटक स्थानीय तहको निर्वाचन भएर सरकार बनिसकेकाले अब संघीता कार्यान्वयनमा अप्ठेरो नपर्ने उनले बताए। स्थानीय तह निर्वाचनमा पनि जनताको जित भएको उनले बताए। भने, 'जित जनताको भएको छ। अब हामी प्रदेश र संघको निर्वाचनमा छौं। फेरि निर्वाचन पनि सफल होस।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell